रिमेशको ‘कोतपर्व’मा नम्रता श्रेष्ठ ?



रंगखबर, काठमाडौँ: ऐतिहासिक कथावस्तुमा आधारित फिल्म ‘नालापानी’ निर्देशन गरेका निर्देशक रिमेश अधिकारीले अर्को ऐतिहासिक घटनामा आधारित फिल्म ‘कोतपर्व’ बनाउने खबर बाहिरीएसंगै उनि चर्चामा छन। अहिले मुख्य कलाकारहरुको खोजि कार्यमा व्यस्त उनले फिल्मको मुख्य भूमिकामा उनले राजेश हमाल देखि सौगात मल्लसम्म कुरा पुर्याई सकेपनि हालसम्म कोहिपनि फिल्ममा अनुवन्धित भएको समाचार बाहिरीएको छैन। अब भने रिमेश फिल्मका लागि अभिनेत्रीको खोजि गरिरहेका छन। हालै मात्र फिल्मका टिमले अभिनेत्री नम्रता श्रेष्ठलाई प्रस्ताव राखेको खबर बाहिरिएको छ। अहिले रिमेश र नम्रताले भेटेको तस्विरपनि बाहिरी सकेको छ। यदि उनले फिल्ममा अभिनय गर्न स्वीकार गरिन भने उनलाई राज्य लक्ष्मी देवीको भूमिका देख्न सकिने अड्कल गर्न सकिन्छ।

आगामी माघ २१ गतेदेखि छायांकनमा जाने फिल्ममा घटनाका मुख्य पात्र जंगबहादुर राणाको भूमिकामा नेपालका सुपरस्टार अभिनेतालाई खेलाउने जानकारी रिमेशले दिएका छन। काठमाडौँ र चितवनमा छायांकन हुने फिल्मको पोस्ट प्रोडक्सन मुम्बईको स्टुडियोमा गर्ने तयारी छ । विक्रम संवत् १९०३ असोज २ गते भएको कोतपर्वपछि जंगबहादुर शक्तिमा आएका थिए । त्यसपछि १०४ वर्षसम्म नेपालमा जहाँनिया राणाशासन चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्