दिनेशको फिल्ममा आर्यन, प्रदिप र पल एकसाथ देखिदै



रंगखबर, काठमाडौँ: निर्देशक दिनेश राउतले आफ्नो आगामी प्रोजेक्टका लागि स्टार हिरोहरू प्रदीप खड्का, पल शाह र आर्यन सिग्देललाई एकसाथ अभिनय गराउने भएका छन।  प्रदीप र पल फिल्ममा अनुबन्धित भई सकेका छन् भने अभिनेता आर्यन सिग्देलसँग पनि निर्माण टिमले चाडै नै लिखित सम्झौता गर्ने जानकारी बाहिरिएको छ। अहिले सम्म नाम फिक्स भई नसकेको फिल्ममा पल र प्रदीप मुख्य भूमिकामा देखिने भएका छन् भने आर्यन सिग्देलको भूमिकाबारे निर्माण टिमले अहिले सम्म केहिपनि जानकारी बाहिर ल्याएको छैन।

हुन त प्रदीप खड्का र पल शाह इन्ड्रष्ट्रीमा मिल्ने साथीका रुपमा चिनिन्छन। यी दुईले केही समय अघि एक अन्तर्वार्तामा एक अर्काको तारिफ गर्दै आफूहरूसँगै फिल्ममा काम गर्ने पनि इच्छा बताउँदै आई रहेका पनि थिए। तर लकडाउन अनि पल शाहलाई लागेको बलात्कारको आरोप पछि उनीहरूको सँगै फिल्ममा काम गर्ने चाहना पनि यत्तिकै सेलाएको थियो। तर अब भने पल र प्रदीपलाई एउटै फिल्ममा काम गर्न कसैले रोक्न नसक्ने जस्तै भएको छ।

 

सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको फिल्मको छायांकन आगामी भदौबाट सुरु हुनेछ । निर्देशक दिनेश राउतसँग पलले पहिलो पटक सहकार्य गर्न लागेका हुन। जानकारी प्राप्त भए अनुसार निर्देशक राउतसँग पल आफैले काम गर्ने इच्छा राखेका थिए। प्रदिपले भने राउतसँग फिल्म ‘प्रकाश’मा सहकार्य गरिसकेका छन, जसमा प्रदिपको अभिनयलाई समिक्षकहरुले तारिफ गरेका थिए ।

प्रदीप र पलले यसअघि निर्माता सन्तोष सेनको फिल्म ‘हुतुतु’मा काम गर्ने पक्का भएको थियो तर, फिल्मक निर्देशक तथा लेखक छेतेन गुरुङको निधन भएपछि फिल्म अलपत्र परेको। यतिबेला फिल्मको टोली नै स्क्रिप्टलाई अन्तिम रुप दिन पोखरा पुगेको छ। एड्भेन्चर ड्रामा जानरामा बन्ने फिल्मको पटकथा तथा संवाद भने लेखक विकास सुबेदीले लेखिरहेका छन। फिल्मको छायांकन भदौदेखि सुदुरपश्चिमबाट सुरु हुँदैछ ।फिल्ममा अहिले सम्म कुनै नायिका फाइनल भैनसकेको जानकारी बाहिरिएको छ। पल र प्रदीपले अभिनेता अनुप बरालसँग अहिले वर्कसप लिइरहेक छन। यदि फिल्ममा आर्यन सिग्देलपनि अनुबन्धित हुने हो भने फिल्म हिट हुनेमा कुनै दुईमत छैन।

प्रतिक्रिया दिनुहोस्