अहिले सम्मकै महँगो रकममा ‘पशुपति प्रसाद २ : भष्मे डन’को ओभरसिज राईट्स सोल्ड आउट



रंगखबर, काठमाडौँ: बर्षकै प्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को ओभरसिज राईट्स सोल्ड आउट भएको छ। फिल्मलाई सेभेन सिज कम्पनीले खरिद गरेको जानकारी निर्माण टिमले दिएको छ। आज मात्रै निर्माण टिमले फिल्म महँगो रकम सहित सेभेन सिज कम्पनीसँग आज आधिकारिक सम्झौता गरेको छ।

सेभेन सिज कम्पनीसँग सम्झौता गरेसँगै फिल्म अमेरिकाका ठुला सिनेमा भवनहरूमा हुने भएको छ। रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिससहितका अमेरिकाका ठुला फिल्म हलहरुमा यो फिल्मको प्रदर्शन हुनेछ  । अमेरिकामा मात्र यो फिल्मको १२ सय सो पक्का भैसकेको छ ।

दीपेन्द्र के खनाल निर्देशित फिल्म अष्ट्रेलियाका  इभेन्ट, होइट्स, रिडिङ, रेगल, भिलेज, लाइम, युनाइटेड, ओडेन हलहरुमा ५ सय शोका साथ प्रदर्शन हुने भएको छ। टुकी आर्ट्सको ब्यारनमा निर्माण भएको पशुपति प्रसाद २ : भष्मे डन  जापानको होक्काइदो, नारा र नागोयाको मीडल्याण्ड स्क्वायर लगायतका सहरमा सय भन्दा बढी शोका साथ रिलिज हुनेछ। फिल्म भारत, दक्षिण कोरिया, मलेसिया, इराक, हङकङमा पनि उच्च शोका साथ प्रदर्शन हुने भएको छ।

कार्तिक ४ गतेदेखि विश्व भर रिलिज हुने फिल्म सम्भवतः पहिलो नेपाली फिल्म हुनुपर्छ जसले ओभरसिजमा यति धेरै उच्च शोज पाएको छ। फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, खगेन्द्र लामिछाने लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्