हिट भयो ‘जय हो’को ‘राजा रानी’



रंगखबर, काठमाडौँ: आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को गीत समाजिक सञ्जाल टिकटक र युट्युवमा रुचाइएको छ । गत साउन १२ गते शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रिलिज गरिएको फिल्मको गीत ‘राजा रानी’लाई दर्शकले रुचाएका हुन् ।

गीत रिलिजको ६ दिनमा युट्युवमा ५ लाख बढि भ्युज भएपनि टिकटकमा गीतका केही लाइनहरु दर्शकले रुचाएका छन् । ती लाइनमा एक दमै धेरै टिकटक भिडियोहरु निर्माण भएका छन् । जसले सिनेमाको प्रचारमा निककै फाइदा पुगेको विश्वास निर्माण टिमको छ । ‘राजा रानी’ गीतमा सागर आलेको शब्द, संगीत तथा स्वर रहेको छ । उनलाई गीतमा सदिक्षा कट्टेलले गायनमा साथ दिएकी छन् ।

August 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

टेक पौरखी राईको निर्देशन निर्माण भएको फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

फिल्ममा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह-सम्पादन, समीर मियाँको भिएफएक्स रहेको फिल्मका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । आगामी भाद्र ८ अर्थात् अगष्ट २५ बाट फिल्म प्रदर्शनमा आउनेछ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मलाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्