‘जय हो’को ‘सपनाको वेडिङ्ग’ रिलिज



रंगखबर, काठमाडौँ: भदौ ८ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘जय हो’को ‘सपनाको वेडिङ्ग’ बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सलोन बस्नेत र केकी अधिकारी फिचर्ड छन।  गीतमा केकी र सलोनको नोकझोक देख्न सकिन्छ । सलोन बस्नेतकै शब्द, संगीत तथा स्वर रहेको गीत रोमान्टिक फ्लेवरमा तयार परिएको छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई टेक पौरखी राईको निर्देशनले निर्देशन गरेका हुन्। शोभित बस्नेतले निर्माण गरेको फिल्ममा सलोन र केकीका साथै अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

August 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह-सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको फिल्मका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् । मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायाङ्कन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको सङ्गीत छ । फिल्मलाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्