‘एक भगवत गीता’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ: झरना थापा निर्देशित फिल्म एक ‘भगवत गीता’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सर्वजनिक गरिएको हो। २ मिनेट ५१ सेकेण्ड लामो ट्रेलर मर्मस्पर्शी र सशक्त छ। फिल्ममा कमलामाईको भूमिकामा देखिएका अभिनेता बिपिन कार्कीलाई सशक्त भूमिकामा देख्न सकिन्छ। ट्रेलरमा विपिन नै केन्द्रमा छन। विपिनका अलावा सुहाना थापा , धिरज मगर तथा कबिर खड्कालाई पनि ट्रेलरमा देख्न सकिन्छ।

अल्पसंख्यक लैंगिक समुदाय र मधेशको कथावस्तुमा निर्माण भएको फिल्मले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ । विपिनले कमलामाई अवतारमार्फत लैंगिक अल्पसंख्यक समुदायको कथावस्तुमार्फत सशक्तीकरणको सन्देश दिन खोजेका छन् ।

 

सुहाना थापाको कन्सेप्टमा बनेको फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन्। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विपिन कार्की, सुहाना थापा धिरज मगर र कबिर खड्काका अलावा जेविए एण्ड जेभिन श्रेष्ठ, सन्जोग रसाइली लगायतका कलाकारको पनि अभिनय छ । फिल्म यहि भदौ २९ गतेबाट प्रदर्शन हुदैछ।

प्रतिक्रिया दिनुहोस्