मध्यरातमा झरनाको वेदना सहितको स्ट्याटस – अमवाश्यक विवादले पीडावोध र निराशा भयो



रंगखबर, काठमाडौँ: आगामी शुक्रबार बाट देशभर प्रदर्शन हुन लागेको फिल्म ‘एक भगवत गीता’का निर्माण टिमलाई फिल्मको सेन्सर पास गर्न निकैनै संघर्ष गर्नु परिरहेको छ अहिले। केहि धार्मिक संघ सस्थाहरुले फिल्मको नामलाई लिएर विवाद सिर्जना गरेपछि चलचित्र विकाश बोर्डले फिल्मको सेन्सरका लागि अनुमति दिएको छैन अहिले। लैंगिक तथा अल्पसंख्यकहरुको कथामा आधारित फिल्मलाई केहि धर्मका अनुयायीहरुले भगवत कहिले पनि ‘तेश्रो लिंगी वा किन्नर’ नहुने भन्दै विवाद झिकेपछि फिल्मको प्रदर्शन अहिले अन्योलमा परेको छ। फिल्मको नामलाई नै परिवर्तन गर्नु पर्ने माग राख्दै केहि धार्मिक संघ सस्थाहरु चलचित्र विकाशको धाउन थालेका छन। यसै बीच अभिनेत्री तथा निर्देशक झरना थापाले मध्यरातमा सामाजिक संजाल फेसबुकमा लामै स्ट्याटस लेख्दै फिल्मको अनावाश्यक विवादले आफु तनावमा रहेको र सुत्न नसकेको खुलाएकि छन।

उनको स्ट्याटस यस्तो छ : मध्यरातमा मैले आज यो लेखिरहदा खेरि धेरै जना निदाई सक्नुभएको होला , कति जना अझै निदाउनु भएको छैन होला | मान्छेलाई अत्यन्तै पीडावोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ जुन आज म महसुस गरिरहेको छु , प्रार्थना गर्छु , जो जति जना निदाउनु भएको छैन , हजुरहरु ननिदाउने कारण मेरो जस्तो नहोस |

मैले मेरो जीवनको तीन दशक अनवरत रुपमा चलचित्र क्षेत्रमा दिएँ | प्रिय दर्शक हजुरहरुको मायाले म पर्दामा छाइरहें | मैले पनि दिनरात , झरीबादल , घर परिवार नभनी हजुरहरुलाई मनोरंजन दिन अथक काम गरिरहें | सम्पूर्ण नेपाली दर्शकहरुको माया र साथको कारणले म अभिनय हुदै निर्देशनमा आइपुगेको छु | म जहाँ छु , जे छु , जस्तो छु , म नेपाली जन र नेपाली मनको आशिर्वादले छु | यहि प्रेरणाले म मेरो अन्तिम सास सम्म चलचित्रमै काम गर्छु भनेर हिंडीरहेकी छु | मेरो जिन्दगि भनेकै चलचित्र कर्म र दर्शक हरुको खुसि हो , त्यसबाहेक केहि छैन |

मैले निरन्तर चलचित्र गरिरहेको छु र निर्देशकको रुपमा हजुरहरुको माया र स्नेह निरन्तर पाइरहेको छु | यहि क्रममा समाजको केहि यथार्थलाई टिपेर एउटा चलचित्र हामीले बनायौं | चलचित्रको कथावस्तु तथा मेरो भगवान श्रीकृष्ण प्रतिको असिम आस्था लाई केन्द्रमा राखेर चलचित्रको नाम “एक भगवत गीता “ राख्यौं | मैले मेरो जीवन भर राष्ट्र , हाम्रो देशको इतिहास , भौगोलिक अखन्ड़ता , सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आंच आउने कर्म ऐले सम्म कहिल्यै गरेको छैन | हामीले एक भागवत गीता निर्माण पुरा गरेर अब हजुरहरुको हातमा सुम्पन तयार भैसके पछी चलचित्रको नाम माथि प्रश्न उठाइयो | हामीले उठेका प्रश्नहरुको विनम्रता पुर्वक उत्तर दियौं | हामीले हाम्रो चलचित्रमा हिन्दु पवित्र ग्रन्थ श्रीमद्भागवतगीताको कुनै पनि अवहेलना गरेका छैनौ भनेर कथाको सार नै प्रस्तुत गर्यौं | चलचित्रको स्क्रिप्ट नै अध्ययन गर्न दियौं | अझ चित्त नबुझे रिलिज पुर्व चलचित्र हेर्न पनि अनुरोध गर्यौं |

प्रिय दर्शक बृन्द , मेरो आफ्नो जीवन नै भगवान श्रीकृष्णको आस्थामा चलेको छ र श्रीमद्भागवत गीता आफैमा मेरो चलचित्र कर्मको प्रेरणा हो | म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु | बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर , श्रीमद्भागवतगीता को अवहेलना नभएको स प्रमाण बताईरहदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिईएको छैन र निर्क्योल भोलि आइतबार गरिने भनेर भनिएको छ | आफ्ना सारा स्रोत सम्पति , सपना र ऐले सम्मको चलचित्रकर्मको लगानी गरेर बनाइएको चलचित्र यसरि चल्नै नदिने अवस्था आउदा मर्नु न बाँच्नुको पीडा भैरहेको छ | थाहा छैन हाम्रो चलचित्र हजुरहरुको आँखा सम्म आउन् पाउछ कि पाउदैन | थाह छैन , प्रिय दर्शक हरुको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउछ कि पाउदैन | सत्य बोलिरहदा पनि , सहि छु भनेर दसी प्रमाण दिईरहदा पनि कसैले न सुनिदिए पछी अन्तिममा फैसला त भगवान ले गर्नु होला नि हैन ?

मैले मेरो फैसला मेरो भगवानको हातमा छोडीदिएको छु

प्रिय दर्शक हरु !!!!

.भगवान श्री कृष्ण !!

हरे कृष्ण !!!

प्रतिक्रिया दिनुहोस्