‘हात्तीछाप’मा दयाहाङ र उपासनाको लूक्स यस्तो



रंगखबर, काठमाडौँ: केहि दिन अघि अभिनेता सौगात मल्लको लूक्स सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म हात्तीछापबाट अन्य दुई जना कलाकारहरुको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। भर्खरै सार्वजनिक भएको पोस्टरमा निर्माण टिमले नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक गरेको छ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्ममा पुष्कर गुरुङ र अमला देवी राइको लगानी छ । सुशान्त प्रजापतिले फिल्मको छायांकन गरेका हुन् ।

दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हलमा, बुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेलको मुख्य भूमिका रहेको फिल्मलाई  प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्म आउँदो माघ २६ गतेबाट प्रदर्शन हुदैछ।

प्रतिक्रिया दिनुहोस्