‘दुई कदम’को टाइटल गीत सार्वजनिक



रंगखबर, काठमाडौँ: उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को टाइटल गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको सार्वजनिक गीतमा डेव्यु अभिनेता इओन लिम्बु र सिमोन गिरी फिचर्ड छन् । प्रविसा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा इओन र सिमोनलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

तारा प्रकाश लिम्बुको संगीत तथा शब्द रचना रहेको फिल्म आगामी मंसिर २९ गतेबाट रिलिज हुँदैछ । फिल्ममा इओन र सिमोनका अलवा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।

November 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ । फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् । मुस्ताङमा एक गीतको छायांकन गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्