‘द डिभाइन म्युजिक’ले तयार पार्ने ५ वटा प्रोजेक्टमा राज अनुबन्ध



रंगखबर, काठमाडौँ: राज कटुवाललाई आम मानिसहरुले नायक तथा मोडलको रुपमा चिन्छन् । अझ, उनले अभिनय गरेको ‘मेसो मिलाएर’ बोलको गीत हिट भएपछि त उनको चर्चा पनि चुलिएको छ । यसपछि, उनी म्युजिक भिडियोमा व्यस्त पनि देखिन थालेका छन् ।

‘मेसो मिलाएर’ गीत हिट भएसँगै राज र संगीतकार अर्जुन पोखरेलबिच पुनः सहकार्य हुने भएको छ । अर्जुनको कम्पनी द डिभाइन म्युजिकले तयार पार्ने ५ वटा भिडियोमा राजले काम गर्ने गरि संझौता भएको छ ।

November 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  

संझौता पत्रमा हस्ताक्षर गर्दै दुबैले उत्साह व्यक्त गरेका छन् । डिभाइनको भिडियोमा काम गर्न पाउँदा आफू उत्साहित भएको राजले बताए । यस्तै, संगीतकार पोखरेलले ‘मेसो मिलाएर’ गीत हिट भएपछि राजलाई दर्शकले अत्याधिक खोजेकाले आफूले ५ वटा भिडियोका लागि संझौता गरेको बताए ।

राजले निर्माण गरिरहेको फिल्म ‘मायाबी’को हाल छायांकन भैरहेको छ । राज आफै नायक बनेर नयाँ फिल्ममा काम गर्ने तयारीमा समेत छन् ।

प्रतिक्रिया दिनुहोस्