सर्ट फिल्म ‘उडान’को दोश्रो टिजर सार्वजनिक



रंगखबर, काठमाडौँ: निरन्जन पाण्डेको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘उडान’को दोश्रो टिजर सार्वजनिक गरिएको छ ।

अमेरिकामा रहँदै आएका निरन्जनले यो सर्ट फिल्मको सम्पादन समेत गरेका हुन् । फिल्ममा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, यूवराज थापा, ओमार कासाराज, राजु गिलानीको मुख्य भूमिका छ ।

November 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  

यो सर्ट फिल्म क्रिसमसको समयमा युट्युबमा रिलिज हुने निर्देशक तथा सम्पादक निरञ्जनले जानकारी दिए । यो फिल्ममा ५ मिनेटको गीत समेत समावेश छ । जसमा, प्रविशा अधिकारी र सनुप पौडेलको स्वर, सुरेश राईको शब्द तथा संगीत छ ।

म्युजिकल सर्ट फिल्ममा त्रिकोणात्मक प्रेम कथालाई उतारिएको निर्देशक पाण्डेले जानकारी दिए । यो फिल्मले अमेरिकामा रहँदै आएका नेपाली यूवा–यूवती र अमेरिकन यूवाको प्रेम कथालाई प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ । फिल्ममा बलराम बुढाथोकीको छायांकन छ । विगत १० बर्षदेखि ४ सय बढी म्युजिक भिडियो, वृत्तचित्र र सर्ट फिल्म खिच्दै आइरहेका बलरामले ‘उडान’लाई पनि खिचेका छन् ।

यो फिल्मलाई अन्तरराष्ट्रिय फिल्मी महोत्सवमा लैजाने तयारी समेत भैरहेको निर्देशक पाण्डेले जानकारी दिए । यस्तै, उनले फिल्मलाई एमाजोन प्राइमबाट रिलिज गर्ने तयारी समेत भैरहेको बताए ।

यो फिल्मलाई अमेरिकन प्रोडक्शन हाउस मुभिज इन्फिनिटी क्रियशनले निर्माण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्