‘११ः५५’ को निर्माण घोषणा



रंगखबर, काठमाडौँ: फिल्म ‘११ः५५’ को निर्माण घोषणा भएको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको घोषणा  गरेको हो। क्राइम, थ्रिलर जनरामा निर्माण हुने फिल्ममा सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, महेश त्रिपाटी र सागर खनालको मुख्य भूमिका रहने छ।

केशब पाण्डेको कथा र निर्देशनमामा बन लागेको फिल्म २३ गते शनिवार राति ११: ५५ बजे देखि नै फ्लोरमा जाने निर्माण टिमले जानकारी दिएको छ। फिल्मको छायाङ्कन सेड्युल भने ३५ दिने हुने जानकारी निर्माण पक्षले दिएको छ।

December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

विचित्र फिल्म्सको निर्माण तथा गुड जब आट्र्सको सहकार्यमा निर्माण हुने फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह – निर्माता रहेका छन् ।

फिल्म ‘११ः५५’ मा ६ जनाको कथा देखाइएको छ । आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स- साना घटनाक्रमले सिर्जना गर्ने परिस्थिति फिल्ममा देखाइने छ ।

फिल्ममा प्रद्युम्न मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, सायद कार्कीको मुख्य सहायक निर्देशन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन रहनेछ ।

सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, महेश त्रिपाटी र सागर खनाल अलावा फिल्ममा विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रज लगायतका कलाकारको पनि अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस्