दिवाकरको फिल्ममा राज र नीतिको जोडी



रंगखबर, काठमाडौँ: भर्खरै मात्र फिल्मखजुरे ब्रो’को छायांकन फर्केकी अभिनेत्री नीति शाहको हातमा अहिले फिल्मको खाँचो छैन। केहि दिन अघि मात्र फिल्म रुखानमा अनुबन्धित भएकी नीतिले पुन अर्को फिल्म साईन गरेकी छिन।  उनले दिवाकर भट्टराईले निर्देशन गर्ने आगामी फिल्ममा अभिनय गर्ने पक्का भएको छ। निर्माण पक्ष र नीति बीच हालै कागजी सौझौता भएको स्रोतले बताएको छ।

नीतिसँगै फिल्ममा अभिनेता राज कटुवालपनि फिल्ममा अनुबन्धित भएका छन। बुझीए अनुसार राजले सोहि फिल्मका लागि भनेर लामो समय देखि शरीर बनाउने देखि आफ्नो गेट अप पनि परवर्तन गरेका छन । नीति र राजको यो पहिलो सहकार्य हुनेछ। लामो समय देखि फिल्म साईन गरेपनि फिल्म नबन्दा केहि समय निराश बनेकी नीतिको हातमा अहिले फिल्मको कमी छैन।

त्यसो त् निर्देशक दिवाकर भट्टराई निर्देशित फिल्म मायाबीको हाल सम्पूर्ण छायांकन सकिएर रिलिजको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्