‘मनसरा’ टिमले गर्यो क्रिक्रेट ग्राउण्डमा काम गर्ने कर्मचारीलाई १ लाख सहयोग



रंगखबर, काठमाडौँ: गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ यतिवेला देश तथा विदेशका हलहरुमा दर्शकको उत्कृष्ट ‘वर्डअफ माउथस’हित प्रदर्शन भैरहेको छ । फिल्मले देश तथा विदेशमा राम्रो व्यापार गरिरहँदा फिल्मको निर्माण टिमले विभिन्न क्षेत्रमा कार्यरत छायांमा परेका पात्रलाई प्रोत्सान गरिरहेको छ ।

गत बुधबार आयोजित फिल्मको प्रिमियर शोमा लामो समयदेखि सिनेमाको पर्दा पछाडी रहेर काम गरिरहेका २ जना प्राविधिकलाई नगद राशी सहित सम्मान गरेको थियो । यसैबीच हिजो शनिबार सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’बीच भएको ५ खेलको सिरिजमा सहकार्य गरेको थियो । फिल्म र खेलकुदबीच सहकार्य तथा एकअर्का प्रर्वद्धनका हेतुले ‘मनसरा’ टिमले क्यानसँग सहकार्य गरेको थियो ।

जसको अन्तिम दिन हिजो शनिबार फिल्मको टिमले ग्राउण्डमा काम गर्ने कर्मचारीलाई सहयोग गरेको छ । आगामी दिनमा पनि ग्राउण्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने हेतुले आफुहरुले ग्राउण्ड स्टाफलाई एक लाख नगद सहयोग गरेको निर्माण शैलेन्द्र डी कार्कीले बताए । आफुहरुको प्राथामिकतामा जहिले पनि पर्दा पछाडीका मान्छे पर्ने र उनीहरुलाई प्रोत्सानको जरुरी रहने बुझेकाले पनि कबड्डी फिल्मस्ले खेलाडीसँगै ग्राउण्ड स्टाफलाई नगद सहयोग गरेको बताए ।

‘मनसरा’ कवि उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म हो । फिल्मको कथा पनि स्वंयम निर्देशक सुब्बाले नै लेखेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ । जी टु वान फिल्मको डिजिटल पार्टनर हो ।

प्रतिक्रिया दिनुहोस्