रि सेन्सरपछि ‘रावायण’लाई पिजी सर्टिफिकेट



रंगखबर, काठमाडौँ: प्रदर्शनरत फिल्म ‘रावायण’को रि सेन्सर गरिएको छ । फिल्म हेर्न गएका १६ बर्ष मुनिका दर्शकहरुलाई हलवालाले फर्काएपछि निर्माण टिमले सेन्सर बोर्डमा रि सेन्सरकालागि अनुरोध गरेको थियो।

रि सेन्सर गरिएसँगै सोमबार विहानैबाट अबभने फिल्मलाई १६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्नेछन ।

एडल्ट सर्टिफिकेटमा रिलिज भएको फिल्मको रि सेन्सरमा २,३ संवादमा बिप र २,३ सट मा ब्लर गरि केन्द्रिय चलचित्र जाँच समितिले फिल्मलाई अहिले पिजी सर्टिफिकेट दिएको हो । यससँगै अब सम्पुर्ण परिवारले एकसाथ बसेर फिल्म हेर्न पाउने भएका छन ।

सुदर्शन थापा निर्देशित फिल्मको टिजर, ट्रेलर र गीतबाट राम्रै चर्चा बटुलेको फिल्मले हलमा पनि दर्शकको उत्साह जनक साथ पाइरहेको छ ।

फिल्ममा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा छन् भने प्रमोद अग्रहरी, प्रकाश शाह, प्रियंका कार्की, निकीता चण्डक, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्