शिव रेग्मीकी भान्जीले निर्देशन गर्ने फिल्ममा खगेन्द्र र आँचल



रंगखबर, काठमाडौँ:  स्व. निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलले फिल्म निर्देशन गर्ने भएकी छन्।  उनले अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्मालाई लिएर फिल्म ‘हर्ष’ निर्देशन गर्ने भएकी हुन्।

ई-प्राइम मुभिजको ब्यानरमा निर्माण हुने यसै फिल्मबाट खगेन्द्र र आँचल पहिलो पटक सिल्भर स्क्रिनमा देखिने भएका हुन्। फिल्मलाई प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गर्नेछन् । कार्यकारी निर्मातामा हिक्मत चोखाल छन् ।
आलोक शुक्लाको छायांकन रहने फिल्ममा निर्माण नियन्त्रक इश्वर घिमिरे हुनेछन् ।

फिल्मका अन्य ‘कास्ट एण्ड क्रू’बारे चाडैनै जानकारी दिने निर्माण पक्षको जानकारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्