‘मालती मंगले’बाट कम ब्याक गर्दी रामकृष्ण ढकाल



रंगखबर, काठमाडौँ: गायक रामकृष्ण ढकालले फिल्म निर्माण गर्ने भएका छन। २ दशक अघि फिल्म आशिर्वादमा काम गरेपछि अभिनयबाट ब्रेक लिएका उनि फिल्म ‘मालती मंगले’बाट पुन: फिल्म नगरीमा फर्किने भएका हुन्।  तर उनि यस पटक अभिनेता नभएर निर्माताका रुपमा आउने भएका छन्।

ढकालकि छोरी रानीको नामबाट खोलिएको कम्पनि रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा फिल्म बन्नेछ।

१ करोडको लगानीमा बन्न लागेको फिल्ममा प्रकाश पाण्डेको निर्देशन रहनेछ भने ढकाल र उनकी श्रीमती नीलम शाह ढकाललाई निर्माताको रुपमा रहनेछन।

फिल्मका कास्ट एण्ड क्रुका बारे भने अहिलेसम्म केहिपनि जानकारी बाहिरिएको छैन। ‘मालती मंगले’ माधव घिमिरेले लेखेको चर्चित काव्य हो ।

प्रतिक्रिया दिनुहोस्