रंगखबर, काठमाडौँ: फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को टिजर रिलिज गरिएको छ। निर्माण टिमले प्रचारलाई सुरु गर्दै फिल्मको टिजर सार्वजनिक गरेको हो। चैत्र ८ गतेबाट रिलिज हुने फिल्मको टिजरमा लभ, रोमान्स, धोका र बदलाको भवन देख्न सकिन्छ। टिजरमा फिल्मका मुख्य पात्रहरु शृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, महेश त्रिपाठी, तथा नव नायक सागर खनाललाई केन्द्रमा रखिएको छ।
केशव पाण्डेको लेखन तथा निर्देशनमा बनेको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । विचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको फिल्ममा रामशरण उप्रेतीको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्लको प्रोडक्सन डिजाइन रहेको छ ।
शृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ तथा नव नायक सागर खनालका अलावा फिल्ममा एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीको अभिनय रहेको छ ।
अलल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन्। फिल्मलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्दैछ ।



