रंगखबर, काठमाडौँ: चर्चित कमेडियन सजन श्रेष्ठले आफु र आफ्नो परिवारलाई थ्रेट आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्। आफु र आफ्नो परिवारलाई लगातार धम्कि दिएको भन्दै उनले रिदय ताम्राकार नामक फेसबुक प्रयोगकर्तामाथि उजुरी हालेका हुन्।
उनले आफ्नो सजन श्रेष्ठ नामको सामाजिक संजालबाट प्रहरीमा दिएको निवेदन सार्वजनिक गरेका छन् । दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कार्वाहीको माग गर्दै साइबर ब्युरोमा उजुरी हालेका हुन् ।
फागुन ४ गते एक भिडियो फेसबुकमा अपलोड गरेको र त्यसको एक दिनपछि रिदय ताम्राकार नामक फेसबुक प्रोफाइलले आफ्नो परिवारको फोटो राखेर सो पोस्टमा आफू र आफ्नो परिवारलाई धम्काएको आरोप उनको छ ।
गतसाता कमेडियन श्रेष्ठसहित उत्सव सापकोटा, पडकास्ट सुशान्त प्रधान लगायतविरुद्ध गायक कुमा सागरलाई गिज्याएको आरोपमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो ।



