रंगखबर, काठमाडौँ: फिल्म ‘११ः५५’को ट्रेलर रिलिज भएको छ। बिहिबार निर्माण टिमले एक कार्यक्रमका बीच फिल्मको ३ मिनेट २८ सेकेन्ड लामो ट्रेलर रिलिज गरेको हो। शृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ तथा सागर खनाललाई केन्द्रमा राखेर बनाईएको ट्रेलर सस्पेन्सले भरिपुर्ण रहेको छ।
चैत्र ७ गतेबाट प्रदर्शनमा आउँने फिल्म विचित्र फिल्मस्को व्यानरमा गुड जब आर्ट्सको सहकार्यमा तयार भएको हो। फिल्ममा केशव पाण्डेको कथा र निर्देशन, एमएस अग्रज, केशव पाण्डे र शेखर ज्ञवालीको लेखन, श्याम शर्मा र सरोज शर्माको लगानी रहेको फिल्ममा एमएस अग्रज कार्यकारी निर्माता रहेका छन।
फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रद्युम्न मिश्रको डीओपी, पासाङ दावा शेर्पाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको एक्सन छ ।
फिल्ममा श्रृष्टी श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, एमएस अग्रज, वुद्दि तामाङ, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।


