रंगखबर, काठमाडौँ: चैत २९ गते रिलिज हुने फिल्म ‘कर्मा’बाट अभिनेत्री उपासना सिंह ठकुरीको क्यारेक्टर लुक रिलिज अरिएको छ। यस अघि अभिनेता बिपिन कार्कीको लुक सार्वजनिक गरेर चर्चामा रहेको फिल्मका टिमले अब भने उपासनाको लुक रिलिज गरेको हो।
सार्वजनिक लुक्समा उनी सामान्य कुर्थासुरुवालमा देखिएकी छन् । मोर्डन युवतीभन्दा पनि उनी गाउँबाट सहर आएकी युवतीजस्तो देखिएकी छन् ।
एक्सन जनरामा निर्माण भएको फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन्। चौधरीले यसअघि फिल्म अगस्त्य : च्याप्टर वान निर्देशन गरेका थिए। जसलाई दर्शकले रुचाएका थिए।
अभिनेता बिपिन कार्कीको पहिलो एक्सन फिल्म भनिएको कर्मामा उपासना पनि कार्कीसँग पहिलो पटक अन स्क्रिन देखिन लागेकी हुन्। बिपिन र उपासनाका साथमा मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुतिमा बनेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।



