रंगखबर, काठमाडौँ: सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्म ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच संगीतकार बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वर रहेको गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् ।
गीतको अन्तिममा अभिनेता आशिफ शाहलाई पनि सप्राइजको रुपमा देखाइएको छ । गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । आगाी जेठ ९ गतेबाट फिल्म देशभरका फिल्म घरमा रिलिज हुनेछ । यसअघि फिल्मको फर्स्लुक सार्वजनिक गर्दै जेठ २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म अब जेठ ९ गतेबाट प्रदर्शनमा आउने जानकारी फिल्मको गीत रिलिज कार्यक्रममा गराइयो ।
फिल्ममा सौगात, आशिफर गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मको निर्माता सन्तोष गौतम हुन् ।
फिल्म हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।




