रंगखबर, काठमाडौँ: सुजन थापा क्षेत्रीको शब्द र स्वरमा स्माइल दासको संगीत अनि बिशम आचार्यको एरेन्जमा ‘परित्याग’ बोलको गीत सार्बजनिक भएको छ । सफल केसीको निर्देशन रहेको उक्त गीतमा कलाकार बिपिन कार्कीको बेजोड अभिनय देख्न सकिन्छ । यस भिडियोले नेपालमा पहिचान नभएका मानसिक स्वास्थ्य समस्याको कठोर यथार्थ उजागर गर्दै मानसिक स्वास्थ्यको उपेक्षाले निम्त्याउन सक्ने गम्भीर परिणामको शक्तिशाली चित्रणगर्दै देश तथा बिदेसमा बस्ने नेपालीमाझ तरंग सिर्जना गरिरहेको छ । गायक सुजन भन्छन हामीले बेवास्ता गर्ने, ट्याग लगाउने वा डराउने धेरै मानिसहरू वास्तवमा मानसिक समस्यासँग संघर्ष गरिरहेका हुन सक्छन्,उनीहरू सधैं हामीले सोचेजस्तो देखिँदैनन्। उनीहरूले पनि बुझाइ र सम्भव भएमा सहयोगको हकदार छन । मिस्टर सुजन युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई अहिलेसम्म एक लाख भन्दा बढिपटक हेरिएको छ।
https://youtu.be/4zPiyT0xvbg


