रंगखबर, काठमाडौँ: गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जन्ते बाख्रो’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्मको निर्माण टिम कलाकार सहित शुक्रबार तथा शनिबार दर्शकको राम्रो चाप देखिएको हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको थियो ।
अभिनेताद्धय सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्मले दर्शकबाट ‘उत्कृष्ट वडअफ माउथ’ पाएको छ । दर्शकको वर्डअफ माउथ उत्कृष्ट मिलेकाले आज वीक डेजमा समेत फिल्मको व्यापार राम्रो हुने अपेक्षा निर्माण टिमको छ । दर्शकसँग साक्षात्कार गर्न हल पुगेका कलाकारसँग सेल्फी खिच्न तछाड मछाड नै चलेको थियो ।
फिल्मका हेरेका अधिकांश दर्शकले अभिनेता सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको अभिनयको तारिफ गरेका थिए । यस्तै, निर्देशक सिमोस सुनुवारको निर्देशकिय पाटो समेत प्रशंसा गरेका हुन् । यत्ति राम्रो मौलिक तथा पुरानो संस्कृतीलाई समेटेर पूर्ण मनोरञ्जनात्मक नेपाली फिल्म निर्माण गरेको भन्दै निर्माता सन्तोष गौतमको समेत तारिफ दर्शकले गरेका थिए ।
दर्शक प्रतिक्रियाले उत्साहित बनाएको फिल्मका मुख्य कलाकार, निर्माता तथा निर्देशकको भनाई थियो । ‘हामीले फिल्म राम्रो बनाएको प्रतिक्रिया पाएका छौं । दर्शकले हेरेपछि प्रवाह हुने ‘वर्ड अफ माउथ’ ले हाम्रो फिल्मको राम्रो प्रचार भयो भन्नेमा विश्वस्त छौं । हामीले इमान्दारिताका साथ् विना सम्झौता फिल्म निर्माण गरेका थियौं,’ निर्माता गौतमले भने ।
प्रदीप भारद्वाजको लेखनमा तयार भएको फिल्ममा अभिनेता सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।