रंगखबर, काठमाडौँ: सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’को पहिलो गीत रिलिज गरिएको छ। सोमबार निर्माण टिमले राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्ममा समावेश ‘झुम्का कानैमा’ बोलको गीत रिलिज गरेको हो। गीतमा कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा देउडा र लोक फ्लेवरलाई मिश्रण गरिएको छ । गीतको भिडियोमा सौगात र बेनिशाले कम्मर भाचेका छन।
बाबुल गिरीको संगीत र स्वर रहेको गीतको शब्द रचना गोवन्द भट्टले गरेका हुन् । गायनमा पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले संगीतकार गिरीलाई साथ दिएकी छन् । प्रवीन सिंहले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने विश्वास निर्माण टिमलाई छ ।
राज बहादुर सानेको निर्देशनमा बनेको फिल्म तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको हो। फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् भने फिल्मका प्रस्तुतकर्ता सिमोस सुनुवार रहेका छन। फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् ।
साउन २३ गतेबात देशभर प्रदर्शन हुने फिल्ममा सौगात र बेनिशाका साथै श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।