‘सिटामोल’को मर्मस्पर्शी टिजर रिलिज



रंगखबर, काठमाडौँ: सौगात मल्ल र वेनिशा हमालको मुख्य बहिनाया रहेको फिल्म ‘सिटामोल’को अफिसियल टिजर रिलिज भएको छ। केहिदिन अघि गीत सार्वजनिक गरेर प्रमोसन सुरु गरेको फिल्मका निर्माण टिमले प्रचारलाई तीव्र बनाउदै फिल्मको टिजर रिलिज गरेको हो।  सार्वजनिक  १ मिनेट ४९ सेकेण्ड लामो टिजरमा  सौगात मल्ल र बेनिशा हमालको बालापनदेखिको सम्बन्ध विवाहमा परिणत भएपछि आउने उतार चढाव देख्न सकिन्छ।

राज बहादुर साने निर्देशित फिल्मको टिजर ‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ बोलको हरफहरु बाट सुरु हुन्छ।

सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

साउन २३ गतेबाट देशभर प्रदर्शन हुने फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राईको रहेको छ।

प्रतिक्रिया दिनुहोस्