‘माग्ने राजा’ को टिजर सार्वजनिक



रंगखबर, काठमाडौँ: केदार घिमिरेको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’को टिजर सार्वजनिक गरिएको छ।  निर्माण टिमले सोमबार युटुव मार्फत फिल्मको टिजर रिलिज गरेको हो।  केहिदिन अघि फिल्मको पोस्टर सार्वजनिक भएसंगै ह्वात्तै चर्चामा आएको फिल्मका टिमले अब भने टिजर रिलिज गर्दै प्रमोसन सुरु गरेको छ। करिब २ मिनेट लामो टिजरमा केदार घिमिरेलाई केन्द्रमा रखिएको छ भने वर्षा सिवाकोटी र शिशिर वाङदेल, विल्सन बिक्रम राईलाई पनि देख्न सकिन्छ।

आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ । फिल्मको टिजर साहिल खानले तयार गरेका हुन् । आगामी भदौ ६ मा नेपालसँगै विदेशमा प्रदर्शन हुने तयारी भइरहेको फिल्मलाई आरआर फिल्मले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्