पलको फिल्ममा मोडल अन्जना पुन



रंगखबर, काठमाडौँ: अभिनेता पल शाहले निर्माण गर्न लागेको फिल्म ‘यानी माया’का लागि मुख्य अभिनेत्री फाईनल भएको छ। पलको फिल्ममा अब भने मोडल अन्जना पुनले मुख्य अभिनेत्रीको भूमिका निभाउने भएकी छन।

अञ्जना पुन एक स्थापित मोडल हुन् । उनले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’ जस्ता उपाधिहरू जितेकी छिन् । सन् २०२४ को ‘मिस नेपाल’ प्रतियोगितामा उनले ‘मिस रियल पपुलर च्वाइस’ र ‘मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्स’ अवार्ड प्राप्त गरेकी थिइन् । मोडलिङसँगै उनी अभिनयमा पनि सक्रिय छिन् । उनले ‘बधाई तिमीलाई’, ‘ना छोएर यौवन काटियो’, ‘मायालाई पाको पात’, ‘आगो लाग्यो’, ‘१००% सही हो’, र ‘आँखैले बोलन’ जस्ता गीतहरूमा अभिनय गरिसकेकी छिन् । यीमध्ये केही गीतमा उनले पल शाहसँग पनि काम गरेकी थिइन् । अञ्जना पुन क्यान्सर निवारण प्रतिष्ठानकी ब्रान्ड एम्बेसडर पनि हुन् ।

‘पल शाह फिल्म्स’मा निर्माण हुने फिल्ममा विकास सुवेदीको लेखन तथा निर्देशन रहने छ। फिल्म दार्शनिक मेटामोडर्न सिनेमा र पारिवारिक ड्रामा को संयोजन हुनेछ । यसमा अन्तरपुस्ता द्वन्द्व, आधुनिकता र परम्पराको दोलन, सहरी जीवन र प्रकृतिको सङ्घर्ष जस्ता विषयहरूलाई समेटिनेछ । यो चलचित्र श्रावण महिनामा छायाङ्कनमा जानेछ, जसका लागि बागलुङको ढोरपाटन र हङकङका रमणीय दृश्यहरू छनोट गरिएका छन् ।

पल शाहको लागि यो चलचित्र निर्माण क्षेत्रमा उनको पहिलो कदम हो भने विकास सुवेदीका लागि पनि लेखकबाट निर्देशक बनेको यो पहिलो प्रयास हो । यस चलचित्रका निर्माताहरूमा पल शाहसँगै चन्द्रज्योति आले पनि रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्