रंगखबर, काठमाडौँ: फिल्म ‘मोहर’को दोश्रो गीत रिलिज गरिएको छ। सार्वजनिक ‘झुम झुम झुम्किका’ बोलको गीतमा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालले छमछमी नाचेका छन। सोमबार राजधानीको जोसेफ स्कुल र कलेजसँग ‘इजुकेशन टाइ अप’ गर्दै गीत रिलिज गरिएको हो । जोसेफ स्कुलबाट एसइइ पास भएका विद्यार्थीहरुको सम्मानमा आयोजित कार्यक्रममा पाँच सय बढी विद्यार्थी र अभिभावकहरुको उपस्थितीमा गीत सार्वजनिक गरिएको थियो।
गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ । गीतमा फिल्मकी मुख्य कलाकार मिथिला शर्मा, बाल–कलाकार सारा शर्मालाई पनि देख्न सकिन्छ ।
फिल्ममा अर्जुन जंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ ।
फिल्ममा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ ।
देउकी प्रथाको कथामा तयार भएको यो फिल्ममा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन छ । लक्ष्मण राज पौडेल निर्माण नियन्त्रक रहेको यो फिल्मको सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
फिल्म मेकर्स प्रा.लिको व्यारनमा निर्माण भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्ममा अर्जुन जंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ ।
फिल्ममा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ ।


