चर्चामा सौगात र बेनिशाको ‘सिटामोल’



रंगखबर, काठमाडौँ: सौगात मल्ल र बेनिषा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’ अहिले चर्चामा रहेको छ। प्रचारमा व्यस्त रहेको टिम फिल्मलाई दर्शक माझ कसरी पुर्याउन सकिन्छ भनेर दौडधुप गरिरहेको छ अहिले।

केहिदिन अघि टिजर र गीत सार्वजनिक गरेसँगै फिल्मको हाईप दर्शकमाझ बनिरहेको छ। फिल्ममा समावेश झुम्का कानैमा गीत र गत हप्ता सार्वजनिक टिजर दुवैले दश लाख बढि दर्शकको साथ पाएका छन् । गीत र टिजरमा अधिकांश दर्शकले बेनिशा र सौगातको जोडीलाई पुन :  पर्दामा हेर्न उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। फिल्मका प्रचार सामाग्रीले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि सिटामोल टिम उत्साहित देखिएको हो ।

राज बहादुर साने निर्देशित फिल्मलाई भुगोल कार्की र विकासराज जोशीले निर्माण गरेका हुन्।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् ।

फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्