संगीतबार बाबुल गिरीको स्वर रहेको गीतको संगीत, शब्द रचना तथा एरेञ्ज समेत स्वयंको हो । उनलाई चाइल्ड भर्सनमा फिल्मका कलाकार समेत रहेका रोनिश खड्काले गायनमा साथ दिएका छन् । गम्भिर बिष्टको कोरियोग्राफी रहेको गीतको अडियो तथा भिडियो उत्कृष्ट देखिन्छ । यो गीत सामाजिक सञ्जाल टिकटक तथा फेसबुक रिल्समा भाइरल हुने सहज अनुमान गर्न सकिन्छ । गीतमा समावेश शब्दले दर्शकलाई सहजै आफु तर्फ आकर्षण गर्न सक्छन् ।
फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । यो फिल्मबाट उनले करिब ८ वर्षपछि निर्देशनमा कमव्याक गरेका छन् । फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ‘इच्छा’ रिलिजको लामो समयपछि फिल्म निर्माणमा फर्केका छन् । निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । नरेन्द्र मैनालीले खिचेको फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।



