रंगखबर, काठमाडौँ: हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ टिमले निर्माण गर्ने फिल्म ‘क का कि की’को घोषणा भएको छ। सोमबार निर्माण टिमले थिम पोस्टर रिलिज गर्दै फिल्मको घोषणा गरेको हो। फिल्ममा गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ। त्यस्तै, फिल्ममा टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारीलगायत कलाकारहरूको पनि विशेष भूमिका रहनेछ।
कमेडी शैलिमा निर्माण हुने फिल्मको निर्देशन विक्की अग्रवाल र श्रद्दा प्रसाईँले संयुक्त रूपमा गर्नेछन्। निर्माता श्रद्दा प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको फिल्मको पटकथा विक्की अग्रवालले लेखेका हुन्।
लोकप्रिय ‘कमेडी दरबार’ सञ्चालन गरिरहेको निर्देशक अग्रवालको टिमको यो पहिलो फिल्मी प्रोजेक्ट हो। निर्देशक अग्रवालका अनुसार चलचित्रको छायांकन आगामी दशैंको टिकाको भोलीपल्टबाट प्रारम्भ हुनेछ।



