‘कोशेढुङ्गा’बाट सुरक्षा पन्त हिरो हुने पक्का



रंगखबर, काठमाडौँ: ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक भएसँगै चर्चा बढ्न थालेको छ । मंगलबार ट्रेलर सार्वजनिक भएसँगै ट्रेलरलाई लिएर सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।

सेभेन सिज इन्टरनेशनल युट्युवमा सार्वजनिक ट्रेलरमा आएका दर्शकका अधिकांश प्रतिक्रिया हेर्दा चलचित्र हेर्न आतुर भएको देखिन्छ । पुष्पा नाम गरेका एक युट्युव प्रयोग कर्ताले लेखेका छन्, पुर्ण बहादुरको सारङ्गीबाट बिजय बराल हिरो र
कोशेढुङ्गाबाट सुरक्षा पन्त हिरो हुने पक्का, हामी तयार छौ । यस्तै बिबेक थापाले लेखेका छन्, ‘ट्रेलरले मन छोयो अर्को एतिहासिक रेकर्ड राख्ने छाट्काट देखियो सम्पूर्ण टिम लाई अग्रिम बधाई ।’

यसै गरी आएका सयौं प्रतिक्रियाले दर्शकमा उत्सुकता र फिल्म हेर्न आतुर भएको देखिन्छ । बिशेषगरी अभिनेत्री सुरक्षा पन्तका लागी अधिकांश प्रतिक्रिया छन् । सुरक्षाको अभिनय कलाको तारिफ गरिरहेका छन् । फिल्मको कथा सुरक्षा र नवअभिनेता मन्जिल कुमारको वरिपरी घुमेको देखिन्छ । फिल्ममा आर्यन सिग्देल, निती शाह, ऋर्चा शर्मा लगायतको पनि महत्वपुर्ण भूमिका छन् । फिल्मलाई पुर्ण बहादुरको सारंगीका निर्देशक सरोज पौडेलले निर्देशन गरेका हुन् । त्यसैले पनि कोशेढुंगालाई प्रतिक्षित फिल्म मानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्