रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘रिमै’ देशभरका सिनेमामा घरबाट रिलिज भएको छ। बुधबार सम्पन्न भएको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको फिल्मको कथा गुरुङ समुदायको एक जोडीको वरपर घुमेको छ।
उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् ।
फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।
त्यसै गरि माधव राज खरेलको लेखन तथा निर्देशन रहेको फिल्म चिट्ठीको रिमैसँगै प्रदर्शन भएको छ। फिल्ममा संजित भण्डारी खड्ग बहादुर पुन मगर उर्फ खबपू लगायतका कलाकारको अभिनय रहेको छ। हलाकी फिल्मको प्रचारमा निर्माण टिमले खासै वास्ता गरेका थिएनन। अब हेर्न बाकी यो छ कि फिल्मलाई दर्शकले कति को वास्ता गर्ने छन्। दुवै फिल्मलाई सफलताको शुभकामना।



