रंगखबर, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को पुन: नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यस अघि कार्तिक ६ गते भाइटीकालाई रिलिज मिति तय गरिएको फिल्मको रिलिज मिति १५ दिन पछि धकेलिएर कार्तिकको २१ गते तोकिएको छ।
कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको हो।
फिल्ममा निर्देशक रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ निर्माताका रुपमा रहेका छन।
फिल्ममा दयाहाङ, मिरुना, विजय, बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।



