‘हाम्रो भान्छामा घुस पाक्दैन’ भन्दै स्वस्तिमाको नाराबाजी, साइबर सेना खोज्दै प्रकाश सपुत



रंगखबर, काठमाडौँ: दशैँको फूलपाती अर्थात् यहि असोज १३ गतेबाट रिलिज हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएसँगै फिल्मको चर्चा ह्वात्तै बढेको छ। प्रतिक्षित फिल्मको रुपमा लिईएको उक्त फिल्मको ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिई रहेका छन्।  ट्रेलरले कमेडी भावलाई प्रस्तुत गर्दै अहिलेको समसमायिक राजनीतिक बिषयलाई पनि समेटेको छ। हरिवंश आचार्य चलचित्रमा हरिबहादुर पात्रमा प्रस्तुत भएका छन्। नेपाली टेलिभिजनको पर्दामा सर्वाधिक सफल यो पात्रको जीवनमा आउने उतारचढावको कथालाई चलचित्रको ट्रेलरमा समावेश गरिएको छ। त्यो संगै युवापुस्ताले खोजेको राजनैतिक परिवर्तन र त्यसबीचमा उत्पन्न हुने परिस्थितिलाइ पनि ट्रेलरमा प्रस्तुत गरिएको छ।

त्यस्तो त ट्रेलरमा हरिबहादुरलाई ३ ओटी श्रीमती राखेको आरोप सम्म लागेको छ, भने प्रहरी प्रियंका कार्कीलाई चोर हरिबहादुर समाउन हम्मे हम्मे परिरहेको हुन्छ। उता स्वस्तिमा खड्का भने नेताहरुलाई घुस मिठो लाग्छ तर हाम्रो भान्छामा घुस पाक्दैन भन्दै नाराबाजी गरिरहेकी छिन। जुन दृश्यले केहि दिन अघिको जेन्जी आन्दोलनको स्मरण गराउछ। उता प्रकास सपुत भने साईबर सेना खटाई रहेका छन्।

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।  फिल्मलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्