‘जेरी अन टप’को नयाँ गीत ‘कस्तुरी’मा अनमोल र आँचल लोभ लाग्दो केमेस्ट्री



रंगखबर, काठमाडौँ: असोज ३१ गतेबाट रिलिज हुने फिल्म ‘जेरी अन टप’को नयाँ गीत रिलिज भएको छ।  सोमबार घटस्थापनाको अवसर पारेर निर्माण टिमले कस्तुरी बोलको गीत रिलिज गरेको हो। गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ। गीतमा यी दुईले एकअर्का प्रति सहजपूर्ण काम गरेको देख्न सकिन्छ। गीतमा यी दुईको केमेस्ट्रीलाई हेर्ने हो भने अब के टाउनमा नयाँ अन स्क्रिन जोडीको उदय भई सकेको बुझ्न सकिन्छ।

सार्वजनिक गीतमा आशिष गुबाजु र सदिक्षा कट्टेलको अवाज, जयन जे वाईबाको शब्द, संगीत र साउण्ड डिजाईन रहेको छ।

यो फिल्ममा युवापुस्ताका चर्चित अनि सफल अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा उप्रेती, सुरक्षा पन्त लगायतका कलाकार शीर्ष अभिनयमा छन् ।

हेमराज बिसीको कथा रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । फिल्ममा विस्वास तिम्सिनाको पटकथा तथा दुलिप रेग्मीको छायांकन छ ।

अनन्या फिल्म्सको ब्यानर तथा सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्। फिल्मको टिमले यस अघि टिजर सार्वजनिक गरेर चर्चामा रहेको छ।

फिल्मलाई नेपालभित्र रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् । महंगो लागत र फ्रण्टलाइनर स्टारकास्ट समावेश यो फिल्मलाई वर्षको प्रतिक्षित फिल्म मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्