रंगखबर, काठमाडौँ: यसपालीको दशैँलाई फिल्ममय बनाउँन निर्माता निर्देशकहरु जोडतोडले लागिरहेका छन्। दशैँको फूलपातीबाट नेपाल भरका सिनेमा हलहरुमा एकसाथ ३ फिल्महरु रिलिज हुदैँछन्।
सोमबार देखि रिलिज हुने फिल्म हरिबहादुरको जुत्ता, बलिदान र माइतीघरका टिमले प्रमोसनलाई पनि लगभग बिट मार्न थालेका छन। अबभने नेपालका अधिकांश हलहरुले यी फिल्मको अग्रिम टिकट विक्री खोल्न सुरु गरिसकेका छन।
विर्तामोड, बनेपा, बुटवल, धनगढी लगायतका ठाउँका हलले एड्भान्स टिकट विक्री खुलाइसकेका छन् । भने आज बिहिबार साझ देखि काठमाडौँका मल्टीप्लेक्सहरुले पनि अग्रिम टिकट विक्री खुलाउने भएका छन्।
चर्चामा रहेका यी तीन फिल्मलाई वितरकले कति शोज बाड्ने छन भन्ने जानकारी भने शुक्रबारसम्म सबैले प्राप्त गर्ने छन्। फूलपातीमा ३ नेपाली फिल्म रिलिज हुनेछन् भने विदेशी फिल्म ‘कान्तारा २’ १६ असोजमा विहिबारदेखि प्रदर्शन हुनेछ ।



