‘बरिष्ठ बलराम’को अग्रिम बुकिङ्ग खुल्ला



रंगखबर, काठमाडौँ: कार्तिक ६ गते भाईटिका देखि रिलिज हुने फिल्म बरिष्ठ बलरामको टिमले प्रमोसनलाई पनि लगभग बिट मार्न थालेका छन। अबभने आज सोमबारबाट नेपालका अधिकांश हलहरुले यी फिल्मको अग्रिम टिकट विक्री खोल्न सुरु गरिसकेका छन।
देशका अधिकांश सिनेमा घरहरुले एड्भान्स टिकट विक्री खुलाइसकेका छन् ।

दयाहाङ र बिजय बराल पहिलो पटक एक आपसमा भिड्ने भएरपनि यो फिल्म चर्चामा रहेको छ। फिल्मलाई वितरकले कति शोज बाड्ने छन भन्ने जानकारी भने बुधबार बेलुका सम्म थाहा हुनेछ।

‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्