एकताको ‘हर्ष’सँगै बलिउड फिल्म ‘तेरे इश्क मेँ’ रिलिज



रंगखबर, काठमाडौँ: स्व.  निर्देशक शिव रेग्मीकि भान्जी एकता पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म ‘हर्ष’ आजबाट देशभरका हलहरुमा एकसाथ रिलिज भएको छ। पारिवारिक कथामा आधारित फिल्ममा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा राउतले मुख्य भूमिका निभाएका छन। एक निसन्तान जोडीले बच्चाको आसमा गरेको संघर्षलाई फिल्मले निकै नै मार्मिक तरिकाले प्रस्तुत गरेको छ। फरक कथावस्तु भएकाले पनि फिल्मलाई दर्शकहरुले मन पराउनेमा निर्माण टिम ढुक्क छ। फिल्मले प्रिमियरमा पनि उकृष्ट प्रतिकृया पाएको थियो।

फिल्ममा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

फिल्ममा आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।

हर्षसंगै बलिउड फिल्म तेरे इश्क मै पनि आजैबाट नेपाली सिनेमा घरहरुमा रिलिज भएको छ।  जुन बलिउडको प्रतिक्षित फिल्महरु मध्ये एक मानिएको छ। फिल्ममा धनुष र क्रिटी सेनन मुख्य भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्