‘लालिमा’को दोस्रो टिजर रिलिज



फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ ।

तीन हजार यौन कर्मीको अनुभव र समस्यामा आधारित रहेर बनाइएको यस फिल्मको दोस्रो टिजर शीर्ष नायिका रोशनी कार्की केन्द्रित छ ।

करिब एक मिनेटको टिजरमा रोशनीसँग नायिकाहरु सुष्मा निरौला, उषा रजक र नायक जीवन भट्टराई जोडिएका छन् ।

समस्यामा परेकी रोशनीलाई सुष्मा र उषाले साथ दिएको टिजरमा देख्न सकिन्छ । कलाकार शिशिर वाङ्देल र सबिन कट्टेललाई पनि टिजरमा अटाएका छन् ।

यौनकर्मीको चरित्रमा रहेकी रोशनीको काखमा रहेको बच्चा टिजरको मुख्य आकर्षण हो । टिजरको सुरुवातमा यौनकर्मीको चरित्रमा देखिएकी रोशनीलाई अन्त्यतिर शिशुको साथमा शहर बाहिर पुगेको देख्न सकिन्छ ।

यी दृश्यले उनको चरित्रको उत्तार–चढावमार्फत् तीन हजार यौनकर्मीको जीवन जटिलता फिल्ममा देखाइएको संकेत गर्छ ।

फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को लेखक र निर्देशक रोशन मिराज हुन् ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले वितरणको जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्