७ वर्षको अन्तरालपछि ‘परालको आगो’ सहित सुशील पोखरेल कमब्याक



नेपाली फिल्म उद्योगमा ‘विश्वासिलो निर्माता’को पहिचान बनाएका सुशील पोखरेल अन्ततः लामो प्रतीक्षापछि फिल्ममा कमब्याक गरेका छन्। त्यो पनि शक्तिशाली कथा ‘परालको आगो’सहित। करिब ७ वर्षको अन्तरालपछि उनको कमब्याक फिल्म ‘परालको आगोले’ले यतिबेला नेपाली फिल्म उद्योगमा उत्सुकता बढाइरहेको छ। मानौ,नेपाली फिल्म क्षेत्रमा राम्रै फड्को मार्दैछ। यसको गीत,पोस्टरले दर्शकमाझ चर्चामा पुर्याएको त छँदैछ। अझै निर्माताले आफ्नो फिल्ममाथी गरेको भरोसाले यो फिल्म उत्कृष्ट बनेको छ भन्दा फरक नपर्ला। किनभने निर्माताहरु फिल्म बनाउने अनि डराउने गर्छन्। तर निर्माता पोखरेलमा आत्मविश्वास बढि देखिन्छ।
निर्माता पोखरेलले नेपाली सिनेमालाई दिएका योगदान कुनै साधारण छैनन्। परदेशी,मैदान,जीवनदाता,जय शिव शंकर,निगरानी,बडिगार्ड, लभसब,राधेहुँदै पछिललो फिल्म ‘यात्रा’ जस्ता फिल्ममार्फत उनले ठूला स्टारहरूसँग काम गर्दै हिट र यादगार सिनेमाको श्रृंखला दिएका छन्। विशेषगरी ‘जय शिव शंकर’, ‘जीवनदाता’ र ‘मैदान’ जस्ता फिल्मले उनको सफलताको प्रमाण दिन्छन्।
उनी केवल निर्माता होइनन,उनी एउटा युग हुन्,जसले दुई पुस्तासँग काम गरिसकेका छन्। पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म जोड्ने सेतुका रूपमा चिनिने सुशील पोखरेलले अभिनेत्री झरना थापासँग काम गरेका थिए भने अहिले उनकी छोरी सुहाना थापासँग ‘परालको आगो’मा सहकार्य गर्दै छन्। यो आफैंमा एउटा विरासतको निरन्तरता हो।
कमब्याक फिल्म ‘परालको आगो’मा सौगात मल्ल,सुहाना थापा,प्रकाश सपुत मुख्य भूमिकामा देखिँदै छन्। सामाजिक यथार्थ, गहिरो भावना र शक्तिशाली कथा बोकेको यो फिल्म बैशाख ११ गते प्रदर्शनमा आउँदैछ। फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् भने पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन्। हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ। यस फिल्मको पाश्र्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ। सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मलाई नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।
‘यात्रा’पछि लामो समय पर्दाबाट टाढा रहेका सुशील पोखरेलको यो फिर्ती केवल एउटा फिल्म मात्र होइन—यो अनुभव, विश्वास र सिनेमाप्रतिको समर्पणको पुनः घोषणा हो। अब प्रश्न एउटै छ—के ‘परालको आगो’ फेरि एकपटक इतिहास लेख्नेछ?त्यसका लागि केहि साता कुर्नैपर्छ है।

प्रतिक्रिया दिनुहोस्