फिल्म ‘परालको आगो’लाई लिएर अभिनेता सौगात मल्ल निकै उत्साहित छन्। उनले पहिलो पटक फरक कथा र नयाँ अनुहारसँग अभिनय गरेका छन्। त्यसैले उनी आफु निकै उत्साहित भएको बताउँछन्
‘प्रकाश सपुतसँग सायदै हाम्रो भेट भएको थिएन। प्रकाशले हामी कहाँ भेटेको हो भन्नुहुन्थ्यो,’सौगात मल्लले भने,‘उहाँका गीतहरु मलाई पहिलादेखि नै एकदमै मन पथ्र्यो। बाहिर जाँदाखेरि उहाँको गीतहरु सुन्थेँ। त्यहाँबाट नै उहाँका नाम मलाई याद भएको थियो। पछिसँगै फिल्ममासँगै खेल्न पाइयो,सजिलो।’
प्रकाश सपुतले यसअघि निकै फिल्ममा अभिनय गरिसकेका छन्। तर उनको अभिनयबाट पनि सौगात प्रभावित भएका रहेछन्।
‘त्यस्तो केहि गाह्रो भएन। मिलेर हामीले काम गर्यौ,’सौगातले भने,‘सुहानासँग पनि एकदमै सजिलो भयो काम गर्न। त्यस्तो केहि गाह्रो भएन। गाउँमा एक महिना जस्तो बस्दाखेरि उनको अभिनय र काम गराई राम्रो लाग्यो।’
सौगात मल्ले सुहाना थापालाई अघिल्लो पुस्ताकी अभिनेत्री झरना थापाको झलक पाएको बताए। मेहनती रहेको र पछिल्लो समयकी राम्रो अभिनय गर्ने कलाकारमा सुहाना थापा रहेको बताए। फिल्मको गीत,तथा ट्रेलर मेकिङ हेरेका सौगातले भने,‘जहाँसम्म लाग्छ। अहिलेको राम्रो कलाकार हो। सुहाना थापासँग फिल्ममा अभिनय गर्दा पनि मलाई फिल भएको कुरा हो।’
उनले निर्देशक सुनारसँग ‘कल्ली’भन्ने फिल्ममा काम गरेको र बुझ्ने मौका पाएको बताए। त्यसले गर्दा पनि यस्तो विषयमा आफुले काम गर्न राजी भएको बताए
उनले थपे,‘म पनि उत्सुक छु। मलाई पनि थाहा छैन केहीरुकस्तो भएर आयो होलारुपढेको मात्रै त होनी हामीले। हेरिएकै छैन केहि पनि। राम्रो फिल्म हेर्ने दर्शक पनि हो म। पक्कै पनि राम्रो फिल्म बनेको छ।’
सौगातको अघिल्ला फिल्मको तुलनामा यस फिल्ममा बिल्कुलै फरक अभिनय गरेका छन्। उनी आफै पनि यो फिल्म दर्शकमाझ चर्चामा रहने र आफुलाई दर्शकले रुचाउने कुरामा विश्वस्त देखिन्छन्। सुशील पोखरेलको निर्माण रहेको यस फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन्। फिल्मको कथा अनुसार कुनै कुरामा पनि निर्माण पक्षबाट कन्ज्युँस्याई नगरेको सौगात बताउँछन्।
गुरु प्रसाद मैनालीको ‘परालको आगो’ अमरकृति कथा आफैमा बुलन्द रहेकाले यस फिल्ममा काम गर्न पाउनु आफैमा गौरवको विषय बनेको उनी बताउँछन्।
फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।
हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको यस भने फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्।
फिल्म सहित बैशाख ११ गतेबाट हलमा लाग्दैछ।


