‘कंगाल करोडपति’को शुभ-मुहूर्त



राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने फिल्म ‘कंगाल करोडपति’को शुक्रबार कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको छ।

प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी, भीमसेन खतिवडालगायतका कलाकारको अभिनय रहनेछ।

भदौ २९ गतेदेखि फ्लोरमा जाने तयारीमा रहेको फिल्मका निर्माता अनिल कुमार बुढाथोकी हुन्। यस्तै, फिल्मका सहनिर्मातामा अश्विन बराल, दिपेश तिरुवा तथा प्रविन राई रहेका छन्।

त्यसैगरी, लाइन प्रोड्युसरमा रिता श्रेष्ठ तामाङ र सुरज कुमार रहेका छन्।

फिल्मको कथा रामकृष्ण बजगाईंले लेखेका हुन् भने संवाद तथा पटकथा चानस पुन मगरले लेखेका हुन्।

सिनेमा पाठशाला प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा हरि घले लामाको छायांकन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ।

फिल्ममा एसडी योगी, निराजन राई र दिप्सन लिम्बूसहित तीन जना संगीतकारको संगीत रहनेछ भने नृत्य निर्देशन प्रदीप लामाले गर्नेछन्।

यस्तै, जीवन गौतम मुख्य सहनिर्देशक रहेको फिल्ममा निर्माण नियन्त्रक सरोज श्रेष्ठ र कला निर्देशक सुदीप अधिकारी रहेका छन्।

सामाजिक तथा पारिवारिक विषयवस्तुमा निर्माण हुने फिल्मले मुहूर्तअघि हालै रसुवा, नुवाकोट र धादिङमा भएको बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरेको थियो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।

यसैगरी, निर्माणपक्षले बाढीपहिरो पीडितको सहयोगार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्