लोक लयमा ‘तिरिमिरी तीन तारा’



रंगखबर, काठमाडौँ – लोक लयमा फिल्म ‘रणवीर’को गीत रिलिज भएको छ । राजनराज सिवाकोटी शब्द/संगीत सृजित ‘तिरिमिरी तिरिमिरी तिन तारा’ बोलमा सुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्टले नृत्य पस्केका छन् ।

रामजी लामिछानेले कोरियोग्राफी भरेको भिडियोलाई भव्य सेटमा तयार गरिएको हो । गीत छायाँकनको लागि मात्र २५ लाख रकम खर्चिएको निर्माण पक्षले बताएको छ । गीतमा राजनराज र अन्जु पन्तको स्वर छ ।

माघ १८ गते रिलिज हुने फिल्ममा गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद र निर्देशन छ । एक्सन ड्रामाको शिर्ष भूमिकामा सुशील छन् भने, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, हरिहर शर्मा, टिका पहारी, रवि गिरीको मुख्य भूमिका छ ।

गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेको ‘रणवीर’मा कृष्ण भण्डारीले सम्पादन, चन्द्र पन्तले एक्सन र महेश पौडेलले डिओपी पाटो सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्