प्रजातन्त्र दिवसमा ‘भिमदत्त’ को च्यारिटी । नेताले भने– ‘हामी पनि भिमदत्त बन्न तयार छौँ’



रंग खबर, काठमाण्डौं । किसान नेता भिमदत्त पन्तको राजनीतिक एवं पारिवारिक जिवनीमा आधारित ऐतिहासिक फिल्म ‘भीमदत्त’ को राजधानीमा  च्यारिटी शो गरिएको छ । मृगौला पिडितका लागि प्रजातन्त्र दिवसको दिनमा गरिएको च्यारेटीमा ‘भीमदत्त’ टिम, फिल्मर्की सहित विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवत्ता तथा पुर्वमन्त्री खड्गबहादुर विश्वकर्मा उपस्थित थिए ।
bhimdatta-charity show
फागुन २२ गते नेपाल रिलिज हुने फिल्म ‘भीमदत्त’ को कुमारी हलमा च्यारेटी शो गरिएको थियो । जहाँ नेकपा माओवादी नेता सहित निर्देशक हिमग्याप लामा टासी, नायक संजय खतिवडा, ‘झोला’ निर्देशक यादवकुमार भट्टराई, अभिनेता दीपक क्षेत्री, बीएस राणा उपस्थित थिए । नायक खतिवडाले नेतृत्वमा मृगौला पीडितका लागि च्यारिटी गरिएको हो । माओवादी प्रवक्ता विश्वकर्माले किसान नेता भीमदत्तबाट सबैले अनुकरण गर्नुपर्ने बताए । उनले भने, ‘हामी पनि भीमदत्त बन्न तयार छौं ।’

निर्देशक लामाले देशविदेशबाट फिल्मलाई लिएर राम्रो प्रतिक्रिया मिलेको बताए । उनको यो पहिलो निर्देशकिय फिल्म हो । फिल्म ‘भीमदत्त’ मा नवल खड्का शिर्ष भूमिकामा प्रस्तुत तएका छन् । सँगै नायिकाद्धय निशा अधिकारी, सुमिना घिमिरे, कलाकारहरु रमेश बुढाथोकी, श्रीराम पुँडासैनी, कविता शर्मा लगायतको अभिनय रहेको छ । फिल्म फागुन २२ देखि सार्वजनिक प्रदशर्नमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्