गीत भाइरल भएपछि भिडियोको चिन्ता । विनय भन्छन्– ‘निन्द्रा लाग्न छाड्यो’



रंग खबर, काठमाण्डौं । आफ्नो फिल्मको गीत भाइरल हुँदा कुन चाँही निर्माता, निर्देशक र कलाकारलाई निन्द्रा नलाग्ला ? तर फिल्म ‘रेशम फिलिली’ को एक अडियो गीत भाइरल भएपछि निर्माता समेत रहेका अभिनेता विनय श्रेष्ठले आफुलाई निन्द्रा समेत लाग्न छाडेको अभिव्यक्ति दिएका छन् ।
resham filili

‘रेशम फिलिलि’ को जालमा बोलका गीत यतिबेला सर्वत्र चर्चामा छ । अहिलेसम्म यो गीतलाई युट्युबमा १३ लाख ६४ हजार भन्दा बढीले हेरिसकेका छन् । अडियो नै यसरी भाइरल भएपछि उनलाई भिडियोको चिन्ता लागेको छ । रेडियो अडियोको चर्चित कार्यक्रम ‘सिनेमा क्याफे’ मा आरजे अर्जन के.आरसंगको कुराकानीमा उनले भने– ‘गीतको अडियो सुनेर त्यसको भिडियोको व्यग्र प्रतिक्षामा रहेका दर्शकको अपेक्षालाई भिडियोले मिट गर्ने हो कि होईन भन्ने कुराले रातभरी निन्द्रा लाग्न छाडेको छ । ’ गीत हिट भएपछि पहिला नै खिचिएको भिडियोमो केही दृश्यहरु थप गरिएको समेत उनले बताए ।

‘गीत हिट होला भन्ने त गीत बनाउदैं सोचेको थिए तर यति धेरै भाईरल होला भन्ने कल्पना समेत गरेको थिईन’, श्रेष्ठले भने, ‘गीतको अडियोलाई झै भिडियोलाई पनि दर्शकले मन पराउनुहुनेछ भन्ने सोचेको छु’ । फिल्मको गीतलाई लिएर निर्माता तथा कलाकार विनय श्रेष्ठ मात्रै होईन चलचित्रका संगीतकार तथा गायक कालीप्रसाद बाँसकोटा पनि निकै उत्साहित देखिन्छन् ।

भर्खरै सार्वजनिक गरिएको गीतको मेकिङ्ग भिडियोमा बताए अनुसार पाँच महिना लगाएर उनले गीत बनाएका हुन् । ठेट नेपाली पाराको गीत बनाउन निकै मेहनत गरेको पनि उनले जानकारी गराएका छन् ।

सर्वाधिक रुचाईएको ‘जालमा’ बोलको यस गीतमा कालीप्रसाद बाँसकोटालाई सोमिया बराईलीले साथ दिएकी छिन् । बैशाख ११ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘रेशम फिलिलि’लाई प्रणव जोशीले निर्देशन गरेका हुन् । चलचित्रमा विनयका अलावा कामेश्वर चौराशिया र मेनुका प्रधानको पनि मुख्य भुमिका रहेको छ ।

सर्वाधिक चर्चामा रहेको ‘जालमा’ गीत हेर्नुस् :-

गीतको मेकिङ भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्