रंगखबर, काठमाडौँ: फिल्म ‘जन्ते बाख्रो’को प्रमोसनल गीत रिलिज गरिएको छ। प्रदर्शन मिति नजिकिदै गर्दा निम्न टिमले ‘मुकु मुकु म्या’ बोलको गीत रिलिज गर्दै प्रचारलाई जोड दिएको हो। गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द, कृष्ण भारद्वाजको स्वर र रिकेश गुरुङको सङ्गीत रहेको छ । प्रदीप लामाको कोरियोग्राफीमा तयार भएको गीतलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । सार्वजनिक गीतमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी लगायत फिचर्ड छन् । ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई मिश्रण गरि बनाईएको गीत उत्कृष्ट बनेको छ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ । सन्तोष गौतमको निर्माण रहेको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ । फिल्म आगामी जेठ २३ मा नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने छ।


