रंगखबर, काठमाडौँ: जेठ २३ गतेबाट देश तथा विदेशमा एकसाथ रिलिज हुने फिल्म ‘जन्ते बाख्रो’को अफिसियल ट्रेलर रिलिज गरिएको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो। सार्वजनिक ३ मिनेट ५२ सकेण्ड लामो ट्रेलर कमेडी लभस्टोरीमा आधारित रहेको छ। ट्रेलरमा फिल्मका मुख्य पात्रहरु सौगात मल्ल, असिफ शाह र गरिमा शर्मालाई केन्द्रमा राखिएको छ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई सुमोस सुनुवारले निर्देशन गरेका हुन् भने सन्तोष गौतमले लगानी गरेका हुन्र। प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको छ । फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।


