‘कल्ली’को कौतुहलता जगाउने पोस्टर रिलिज, फिल्म फागुन १ देखि रिलिज हुने



रंगखबर, काठमाडौँ: पल शाह र वेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘कल्ली’को रिलिज मिति तय गरिएको छ।  निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै फागुन १ गतेलाई रिलिज मिति लक गरेको हो। कल्ली टिमले सार्वजनिक गरेको दुई पोस्टरमा फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल, बेनिशा हमाल, उत्तम प्रधान, नाजिर हुसेन, कलाकार अर्पण थापा र सुलक्षण भारतीलाई देख्न सकिन्छ । फिल्मको पोस्टरले कलाकारहरुको क्यारेक्टरलाई प्रस्तुत गरेको देख्न सकिन्छ।

लेकाली इन्टरटेन्मेन्ट प्रा.लि, कस्तुरी प्रोडक्सन र किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्ममा  लक्ष्मण सुनारको कथा तथा निर्देशन रहेको छ। फिल्मलाई महेश दवाडीले लेखेका हुन्।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, बेनिशा हमाल, सुलक्षण भारती, नािजर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी र श्याम मगरको मुख्य भूमिका छ । यस्तै, फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रुपमा छन् ।
राकेश दाहालले तयार पारेको यो पोस्टर आकर्षक छ । यो फिल्मले लोभको कथा भन्छ । मानिसको मनमा लोभ पलाएपछि उसको जिन्दगी कहाँबाट कहाँ पुग्छ र कस्तो परिस्थिती भोग्छ भन्ने कथालाई फिल्ममा देखाइएको छ ।

आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको फिल्ममा एनवी महर्जनको एक्सन, मिलन श्रेष्ठको सम्पादन, निसाल पौडेलको छायांकन छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।
फिल्मको दुई पोष्टरले दर्शकको उत्सुकता र प्रतीक्षा अझै बढाउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्